बालेनको एक्सनपछि मेरियट होटलले बुझायो साढे १९ लाख मनोरञ्जन कर

0
Shares

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एक्सनपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले मनोरञ्जन कर बुझाएको छ । महानगरका राजस्व विभागका अनुसार उक्त क्यासिनोले १९ लाख ३७ हजार रुपैयाँ बराबरको कर महानगरलाई बुझाएको हो ।

काठमाण्डौं महानगरपालिकाले भदौ १९ गते आइतबार आफ्नो क्षेत्रमा पर्ने स्टार होटलका ७ क्यासिनोहरूलाई ७ दिनभित्र मनोरञ्जन कर बुझाउन ताकेता गरेका गरेको थियो । महानगरको ताकेतापछि डेल्टिन क्यासिनोले कर बुझाएको हो । क्यासिनोले अहिले जरिवाना बाहेकको रकम तिरेको हो ।

बुधबारसम्म म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म नतिरेको महानगरपालिकाले जनाएको छ । होटल मेरियट सहित अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटललाई पत्राचार गर्दै क्यासिनोको मनोरञ्जन कर काठमाडौं महानगरलाई बुझाउन ताकेता गरेको थियो ।

जरिवानाको हिसाब नगरिएकाले त्यसको हिसाब भैसकेपछि सञ्चालकले तिर्ने होटल व्यवस्थापकले बताएको महानगरपालिकाको राजस्व विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।