आज धितोपत्र करोबार नहुने, इन्द्रजात्राको विदा

0
Shares

आज भदौ २४ गते शुक्रबार सेयर कारोबार नहुने भएको छ ।  सरकारले काठमाडौं उपत्यकामा इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा दिएकाले आज नेप्से बन्द रहनेछ ।

नेपालमा धितोपत्रको खरिद बिक्रीको नियामक धितोपत्र बोर्ड तथा सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) संघीय राजधानीमा मात्र रहेकाले धितोपत्र बजार पनि स्वतः बन्द भएको हो ।

उपत्यका बाहिर भने सार्वजनिक विदा दिइएको छैन । सदियौ देखि इन्द्रजात्रामा काठमाण्डौं उपत्यकाका तीन सहरमा मात्र विदा दिँइदै आइरहेको छ ।

सोही कारण अब आइतबार मात्र सेयर खरिद बिक्री हुनेछ । बिहीबार नेप्से परिसूचक २.१३ अङ्कले ओरालो लागेर १ हजार ९३७ दशमलव ७४ बिन्दुमा झरेको छ । आइतथबार यहि बिन्दुबाट कारोबार सुचारु हुनेछ ।

बिहीबार कूल २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० मूल्यमा खरिद बिक्री भएका थिए । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिह १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.४९ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्तको सेयरमूल्य ६.४९ प्रतिशतले घटेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।