सुनको मूल्य शुक्रबार नेपाली बजारमा तोलामा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यसअघि बिहीबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार १५० रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन ९३ हजार ८०० रुपैयाँ, तेजावी सुन ९३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७२१ डलर तथा चाँदी प्रतिऔंस १८.८४ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया