सूचना र प्रविधि पुस्तकको विकल्प बन्न सक्दैनः भारतीय प्रधानमन्त्री मोदी

0
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सूचना र प्रविधि पुस्तकको विकल्प बन्न नसक्ने बताएका छन् ।

गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका हुन् ।

शिक्षाको आधारभूत तत्त्वको रूपमा पुस्तक र पाठ रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रविधि निःसन्देह सूचनाको एक महत्त्वपूर्ण स्रोत हो तर पुस्तकको विकल्प नभएको बताए ।

‘आज इन्टरनेटको जमानामा यो सोच प्रबल हुँदै गइरहेको छ । कुनै कुराको आवश्यकता पर्दा इन्टरनेटको सहारा लिनेछौं । प्रविधि हाम्रा लागि सूचनाको एक महत्वपूर्ण स्रोत हो तर यो पुस्तकहरू प्रतिस्थापन गर्ने माध्यम होइन।’ मोदीले भने । हामी स्वतन्त्रता सङ्ग्रामका बिर्सिएका कथाहरू पुनःस्मरण गर्न प्रतिबद्ध छौं र त्यसो गर्नमा पुस्तक मेलाहरूको आयोजनाले सधैं महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’ उनले भने ।

प्रधानमन्त्रीले आफूले त्यहाँ ‘वाञ्चे गुजरात’ अभियान शुरु गरेको बताए छ । उनले ‘कलम नो कार्निवल’ जस्ता अभियानले गुजरातको त्यो सङ्कल्पलाई अगाडि बढाउने बताए । गुजरातमा पुस्तकालयहरूको धेरै पुरानो परम्परा रहेको उनको धारणा छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ इन्डिया गेटमा ‘कर्तव्य पथ’को उद्घाटन गरेका छन् । प्रधानमन्त्री कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्ति अनुसार यो कदमले सत्ताको प्रतीकको रूपमा रहेको राजपथबाट कर्तव्य पथमा परिवर्तनको प्रतीकलाई बुझाउने छ ।

‘यी कदमहरू अमृत कालमा नयाँ भारतका लागि प्रधानमन्त्रीको दोस्रो पञ्च प्राणसँग मिल्दोजुल्दा छन्ः औपनिवेशिक मानसिकताको सबै प्रकारको चिन्ह हटाउनुहोस,’ विज्ञप्तिमा भनिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।