गत आर्थिक वर्षको नाफाबाट एक दर्जन कम्पनीले लाभांश घोषणा गरेका छन् ।
हालसम्म सबैभन्दा धेरै ९ वटा म्युचुअल फण्डले लाभांश घाेषणा गरेका छन् । यस्तै दुई क्यापिटल र एक हाइड्रोपावर कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
गत आवबाट लाभांश प्रस्ताव गरेकामध्ये सानिमा माई हाइड्रोपावर इक्वीटी मार्केटमा सबैभन्दा पहिलाे लाभांश प्रस्ताव गर्ने कम्पनी हो । कम्पनीले कर सहित कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
त्यसभन्दा अघि ९ म्युचुअल फण्डले लाभांश प्रस्ताव गरिसकेका छन् । एनएमबि क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित दुबै फण्डले गत आवबाट सर्वाधिक २१.०५ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरणको प्रस्ताव गरेका छन् । सबैभन्दा कम एनआईबिएल प्रगति फण्डले चुक्ता पुँजीको ४.२० प्रतिशत प्रतिफल वितरण गरेको छ ।
दुई क्यापिटलमा एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व रहेको एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने कुमारी बैंकको पूर्ण स्वामित्व रहेको कुमारी क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशत मात्र वितरण गरेको छ ।
यता एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
| S.N. | Symbol | Company | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | NICACL | NIC Asia Capital Limited | 0 | 55.00 | 55.00 |
| 2 | NMBHF1 | NMB Hybrid Fund L- 1 | 0 | 21.05 | 21.05 |
| 3 | NMB50 | NMB 50 | 0 | 21.05 | 21.05 |
| 4 | SFMF | Sunrise First Mutual Fund | 0 | 12.00 | 12.00 |
| 5 | SIGS2 | Siddhartha Investment Growth Scheme-2 | 0 | 10.00 | 10.00 |
| 6 | SEF | Siddhartha Equity Fund | 0 | 9.00 | 9.00 |
| 7 | NIBLSF | NIBL Sahabhagita Fund | 0 | 7.20 | 7.20 |
| 8 | SHPC | Sanima Mai Hydropower Limited | 0 | 5.26 | 5.26 |
| 9 | LUK | Laxmi Unnati Kosh | 0 | 5.00 | 5.00 |
| 10 | LEMF | Laxmi Equity Fund | 0 | 5.00 | 5.00 |
| 11 | KCL | Kumari Capital Limited | 0 | 5.00 | 5.00 |
| 12 | NIBLPF | NIBL Pragati Fund | 0 | 4.20 | 4.20 |
लाभांश प्रस्ताव गरेमध्ये सनराइज फस्ट म्युचुअल फण्ड, एनआईबिएल प्रगति फण्डको लाभांश पाउन भदौ २८ गतेसम्म इकाईधनी हुनुपर्छ भने एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउन असोज १२ गतेसम्म र सानिमा माई हाइड्रोपावरको लाभांश कार्तिक १ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया