यस साता तीन कम्पनीका ८८ लाख ६६ हजार ३८२ दशमलव ५० कित्ता धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
यो साता दुई कम्पनीले जारी गरेको ऋणपत्र र एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकले बिक्री गरेको ५० लाख कित्ता इकाई ऋणपत्र र एनएमबि बैंकको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । एनएमबि बैंकले जेठ ९ गतेदेखि १३ गतेसम्म बिक्री गरेको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले
प्राइम कमर्सियल बैंकले २०७९ जेठ ३१ गतेदेखि २०७९ असार १४ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ता इकाई ऋणपत्रको निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । बैंकको सञ्चालक समितिले असार २२ गते बुधबार रित पुर्वक आवेदन दिने लगानीकर्ताहरुलाई माग बमोजिम नै ऋणपत्र बाँडफाँड गरेको हो । पाँच वर्ष अवधिको ‘१०।१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ नामक ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०।१५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछ प्राइम कमर्सियल बैंकले जनाएको छ ।
यस्तै यसै साता लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजीको ९.५० प्रतिशत बराबरको ११ लाख ३८ हजार ९४५ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । इन्स्योरेन्सले असार १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस जम्मा गरिएको हो । लुम्बिनी जनरलको असार २९ गते सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सूचीकृत बोनस तथा ऋणपत्रका इकाई सम्बन्धीत सेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि खरिद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया