चार वर्षदेखिको नगद लाभांश संकलन गर्न माछापुच्छ्रे बैंकको आग्रह

0
Shares

माछापुच्छ्रे बैंकले वितेका चार आर्थिक वर्षको नगद लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्षहरु २०७३/७४ बाट वितरण गरेको चुक्ता पुँजीको ६ प्रतिशत, आव २०७४/७५ बाट वितरण गरेको १० प्रतिशत, आव २०७५/७६ बाट वितरण गरेको ११ प्रतिशत, आव २०७६/७७ बाट ३.३७ प्रतिशत नगद लाभांश संकलन गर्न भनेको हो ।

बैंकले हालसम्म पनि ती आवको नगद लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश बैंक खातामा प्राप्त हुने बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।