सेयर बजार यो साता १.६७ प्रतिशत अर्थात ३२.८८ अंकले घटेको छ । आइतबार १९७०.६२ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १९३७.७४ बिन्दुमा बन्द भएको हो ।
बजार ऋणात्मक भएपनि केही कम्पनीको सेयरमा लगानी गरेकाले यो साता नाफा कमाएका छन् । नेप्सेका अनुसार यो साता एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक ७.९४ प्रतिशत बढेको छ । फण्डको इकाइमूल्य ८.९७ रुपैयाँ पुगेको छ ।
यस्तै मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ४.०९ प्रतिशतले बढेर ३४३.५० रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ३.९७ प्रतिशतले बढेर १२८० रुपैयाँ पुगेको छ ।
यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ३.८५ प्रतिशत बढेर १०.८० रुपैयाँ पुगेको छ । बिन्धबासिनी हाइड्रोपावरको लगानीकर्ताले पनि ३.८० प्रतिशत बढेर ४३७ रुपैयाँ पुगेको छ ।
उता यो साता सानिमा माई हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.५९ प्रतिशतले घटेको छ । कम्पनीका लगानीकर्ताले ३० रुपैयाँले गुमाउँदा प्रतिकित्ता सेयरमूल्य २८२.९० रुपैयाँमा झरेको छ ।
यसैगरी सर्पोट माइक्रोफाइनान्स ८.५७ प्रतिशतले घट्दा १२८० रुपैयाँमा झरेको छ । कम्पनीका लगानीकर्ताले १२० रुपैयाँका दरले गुमाएका हुन् । राद्यी विद्युत कम्पनीको सेयरमूल्य ७.१७ प्रतिशतले घटेर २५९ रुपैयाँमा झरेको छ । उच्च हकप्रद बिक्रीले कम्पनीको सेयरमूल्य उच्च रुपमा घटेको हो ।
रिभर फल्स पावरका लगानीकर्ताले यो साता ६.३७ प्रतिशत र महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.३१ प्रतिशतका दरले गुमाएका छन् । मूल्य घटेसँगै रिभर फल्स पावरको सेयरमूल्य २५० रुपैयाँ र महुली लघुवित्तको १०८७ रुपैयाँ कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया