सुनको भाउ ९३ हजार ५०० रुपैयाँ निर्धारण, चाँदी बढ्यो

0
Shares

सुनको भाउ मंगलबार नेपाली बजारमा ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १८५ रुपेयाँ तोकिएको हो ।

नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

सुनको मूल्य हिजो सोमबार स्थानीय बजारमा तोलामा ३०० रुपैयाँले घछेर छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ, तेजावी सुन ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ स्थीर रहँदै १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७२२ डलर तथा चाँदी प्रतिऔंस १९.६६ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।