हिमाल दोलखा हाइड्रोपावर ८.६३ करोड नोक्सानीमा, सञ्चित नोक्सानी ४९ करोड नाघ्यो

0
Shares

हिमाल दोलखा हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ८ करोड ६३ लाख ४७ हजार रुपैयाँ नजोक्सनी ब्यहोरेको छ ।

अघिल्लो आवमा ३ करोड ५८ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको उक्त कम्पनीको नोक्सानी एक वर्षमा ५ करोड ५ लाख ३५ हजारले गहिरिएको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नोक्सानी बढेर ४९ करोड ७ लाख ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यसै अवधिमा सञ्चि नोक्सानी ४० करोड ४४ लाख थियो ।

चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको हिमाल दोलखाको वार्षिक प्रतिसेयर आम्दानी ५.४० रुपैयाँ ऋणात्मक छ । कम्पनीको जगेडा कोष ४९ करोड ७ लाख रुपैयाँ ऋणात्मक भएससँगै प्रतिसेयर नेटवर्थ ६९.३३ रुपैयाँमा झरेको छ ।

२०७९ असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३६ लाख ४८ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ७९ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा ७८ प्रतिशत घटेको हो । जसका कारण कम्पनीको नोक्सान चुलिएको छ ।

कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४०.९६ रुपैयाँ रहेको छ ।कम्पनीले ९७ करोड ४१ लाख दीर्घकालीन कर्जा उपयोग गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  १३ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।