ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल) ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को नेटवर्क प्रयोग गर्ने भएको छ ।
क्यापिटलले एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि सम्झौता गरेको हो ।
सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपीएसको उक्त सम्झौता पश्चात क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।
जसमार्फत डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, ट्रेड तथा म्युचुअल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् । पहिलो चरणमा जीआईसीएलले रिक्वेस्ट टू पे डिरेक्ट डेबिट अन्तर्गत विभिन्न संकलन तथा डिभिडेण्ड सम्बन्धी भुक्तानीहरुको कारोबारको थालनी गर्नेछ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
ग्लोबल आइएमई क्यापिटल (जीआईसीएल) मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्था हो । ग्लोबल आईएमई बैंक लिमिटेडको एक सहायक कम्पनीको रूपमा सन् २००८ देखि जीआईसीएलले निष्कासन व्यवस्थापन, शेयर रजिष्ट्रार, अन्डरराइटिङ, पोर्टफोलियो व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, निक्षेप सहभागी र कर्पोरेट सल्लाहकार लगायत सेवाहरू प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई क्यापिटलले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ । एनसीएचएल सँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया