राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तीव्र पारिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गरिन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री श्रेष्ठले स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनीएको भन्दै आजलाई त्यो फाइदा भएको देखिएपनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मुल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह समेत गरेकी छिन ।
उनले नीति तथा कार्यक्रम र वजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडि बढेको बताइन् ।
अहिलेको सरकार र मन्त्रालय तल्लातहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको मन्त्री श्रेष्ठको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया