
नेपाल भेनियर उत्पादक संघको अध्यक्षमा पुनः दीपक पाण्डे निर्वाचित भएका छन् । संघको बुधबार भएको सातौं अधिवेशन र दशौं साधारण सभाबाट पाण्डे पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिवेशनबाट संघको आगामी कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा पिताम्बर गौतम र लक्ष्मीप्रसाद श्रेष्ठ, महासचिवमा दिनेश शाक्य, सचिवमा संजिव बर्मा र कोषाध्यक्षमा सुरेशकुमार अग्रवाल चयन भएका छन् ।











प्रतिक्रिया