
भुटानको टासी ग्रुप अन्तर्गतको भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीपछि एक्त रुटको उडान रोकिएको थियो ।
नेपालमा पर्यटकीय सिजन नजिकिएसँगै भुटान एयरलाइन्सले काठमाडौं उडान विस्तार गरेको हो ।
भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्स उक्त रुटमा साताको दुई उडान गर्नेछ । सोही अनुसार एयरलाइन्स कम्पनीले उडान घोषणा गरेको छ । कम्पनीका अनुसार असोज १५ देखि मंसिर १४ गते (१ अक्टोबरदेखि ३० नोभेम्बर) सम्म हरेक आइतबार र बुधबार साताको दुई उडान गर्ने गरी तय भएको छ ।
कम्पनीको भुटानको पारो विमानस्थलबाट काठमाडौं आउने जहाज काठमाडौंबाट भारतको नयाँदिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया