मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ८ लाख ७० हजार १४२ कित्ता सेयर सूचीकृत भएको हो ।

लघुवित्तको २०७८ पुस २९ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट सो बोनस पारित भएको थियो । साधारण सभा तथा लाभांश बुकक्लोज मिति अनुसार लघुवित्तको आईपीओ २०७८ पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

बिहीबार सूचीकृत भएको लघुवित्तको उक्त बोनस डिम्याट खातामा प्राप्त भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।