एनआईबिएल सहभागिता फन्डको नगद लाभांश वितरण

0
Shares

एनआईबिएल सहभागिता फन्डको ७.२० प्रतिशत नगद लाभांश वितरण भएको छ । भदौ ९ गतेसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त लाभा.श पाउनेछन् ।

फन्डले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट इकाईधनीलाई ७.२० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो । भदौ ३० गते बिहीबारदेखि नगद लाभांश इकाईधनीको बैंक खातामा नै पठाउन थालिएको जनाएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

एनआईबिएल सहभागिता फन्ड एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी योजना हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।