सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचना सहित)

0
Shares

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि भर्ना खुलाएको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट कुल २२९ पदका लागि आवेदन आह्वान गरिएको हो ।

खुला गरिएको आवेदनमा सबैभन्दा धेरै खुला प्रतिस्पर्धाबाट ११७ जना पदपूर्ति गरिने भएको छ भने आदिवासी जनजाती ३०, मधेसी २८, महिला २२, दलित १४, सेनाका सन्ततीबाट ११ जना, पिछडिएको क्षेत्र ७ जनाका लागि आवेदन आह्वान गरिएको छ ।

सेनाले आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

सेनाले स्वयम्भू, इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा फारम उपलब्ध गराउने जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।

पदपूर्तिको सूचना हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्…

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।