
असोज महिनादेखि शुक्रबार सेयर कारोबार नहुने भएको छ । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ महिनादेखि परीक्षणको रुपमा आइतबार विदा लागू गरेपछि नेप्सेले यसअघि पाँच कारोबार दिन हुँदै आएकोमा आइतबार विदा भएपछि शुक्रबार पनि सेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।
आइतबारदेखि विहीबारसम्म हुँदै आएको सेयर कारोबार सरकारले दुई दिन बिदा दिने निर्णय गरे जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म हुन थालेको थियो ।
तर असार महिनादेखि नै सरकारले २ दिनको विदामा आइतबारको हटाउँदै पुनः शनिबार मात्र विदा लागू गरेको थियो र नेप्सेले थालेको शुक्रबारको कारोबारले जेठदेखि ४ महिना साताको ६ दिन हुँदै आएको थियोे । शुक्रबार भने २ घण्टामात्र बजार खुल्ने गरेको छ ।
नेप्से सञ्चालक समितिको निर्णयसँगै असोज महिनादेखि सेयर बजार पहिलेजस्तै आइतबारदेखि बिहीबारसम्म ५ दिन मात्र सञ्चालन हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया