अन्तिम दिनको प्रतिनिधि सभाको संसद बैठक, शीर्ष नेताहरुले सम्बोधन गर्दै

0
Shares

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ–आफ्नो भनाइ राख्नेछन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११ औं अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार  १४ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।