सेयर बजार यो साता २७।३६ अंक घटेको छ । आइतबार १९३७.७४ विन्दुमा खुलेको नेप्से शुक्रबार १९१०।३८ विन्दुमा कारोबार बन्द भएको हो । सातामा सुरुवाती ४ कारोबार दिन नेप्से बढ्यो भने २ दिन घट्यो । बैंकहरुले ब्याजदर बढाउने भएपछि बिहीबार र शुक्रबार नेप्से घटेको हो ।
बजारसँगै कुल बजार पूँजीकरण पनि यो साता ३४ अर्ब रुपैयाँले घटेको छ । यस साता कुल बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब रहेको छ । गत साता २७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो । यो साता दैनिक औसत १ अर्ब १६ करोडले हिसाबले झण्डै ७ अर्बको सेयर कारोबार भयो ।
कारोबार भएको १३ उपसमुहगत सूचकमध्ये व्यापार मात्र बढ्यो भने बाँकी बाह्र वटै घटे । यस साता जलविद्युत सर्वाधिक ४.११ प्रतिशत घट्यो भने व्यापार १.५५ प्रतिशतले बढ्यो । लगानी र बैंकिङ्ग समान २.२० प्रतिशत, लघुवित्त २.०७, अन्य १.७२, निर्जीवन बीम १.६९, विकास बैंक १.६८ र फाइनान्स १.३६ प्रतिशतले घटेको छ । बैंकिङ्ग सबैभन्दा कम ०.३० प्रतिशत घट्यो ।
यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको यो साता ८ लाख ७० हजार १४२ दशमलव ३१ कित्ता सेयर सूचीकृत भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया