सेयर बजार यो साता २७.३६ अंक घटेर १९१०.३८ विन्दुमा कारोबार बन्द भएको हो । बजार घटेपनि केही कम्पनीको सेयरमा लगानी गरेकाले घट्दो बजारमा पनि नाफा कमाएका छन् भने धेरैले गुमाउन पुगे ।
भदौ अन्तिम सातामा सेयर बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.०३ प्रतिशत बढेको छ । बैंकको सेयरमूल्य बढेर प्रतिकित्ता २५८ रुपैयाँ पुग्यो ।
यस्तै महिला लघुवित्तको सेयरमूल्य २.८४ प्रतिशत बढेर ३८०० रुपैयाँ, सिटिजनस् म्यसचसअल फण्डको इकाई मूल्य २.५६ प्रतिशत बढेर ८.४१ रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य २.१३ प्रतिशत बढेर ३६८८ रुपैयाँ र नबिल बैंकको सेयरमूल्य १.५८ प्रतिशत बढेर ७७२ रुपैयाँ पुगेको छ ।
उता अपर सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १३.३९ प्रतिशत घटेर ३०४ रुपैयाँमा झरेको छ । एनएमबि-५० को इकाईमूल्य ९.७९ प्रतिशत घटेर ८.९४ रुपैयाँ, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य ९.७० प्रतिशत घटेर ८.१० रुपैयाँ, स्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ९.३७ प्रतिशत घटेर २६०.१० रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२४ प्रतिशत घटेर ३८०.३० रुपैयाँमा झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया