सुनचाँदी दुबैको भाउ आइतबार बढ्यो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपालमा पनि आइतबार सुनचाँदी दुबैको भाउ बढेको छ ।

नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबा दिन शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन ९१ हजार ५०० रुपैयाँ, तेजावी सुन ९१ हजार रुपैयाँ र चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन १ हजार रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले सस्तिएर कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७५ डलर तथा चाँदी प्रतिऔंस १९.६१ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।