मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर वितरण भएको छ ।
लघुवित्तले अघिल्लो आव २०७७-७८ बाट वितरण गरेको चुक्ता पुँजीको २० प्रतिशत बराबरको बोनस सेयर वितरण गरिएको हो ।
उक्त बोनस वितरणका लागि गरिएको बुकक्लोज मितिसम्म सेयर डिम्याट गराएका सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा गएिको हो ।
लघुवित्त कम्पनीको २०७८ पुस २९ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।
लघुवित्तले हालसम्म पनि कागजी सेयर प्रमाणपत्र भए उक्त सेयर अभौतिकिकरण ( डिम्याट) गरेपछि मात्र बोनस जम्मा गरिने सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।











प्रतिक्रिया