सेयर बजार घट्ने क्रम नरोकिँदा साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका २२९ मध्ये २०५ कम्पनीको सेयरमूल्य घटेको छ भने १७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । ७ कम्पनीको सेयरमूल्य स्थीर रह्यो ।
नेपाल धितोपत्र बोर्डले आइतबार नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन मागेपछि बजार अझै प्यानिक बनेको हो ।
याे पनि…
धितोपत्र दलाल तथा व्यापारीको लाइसेन्सका लागि आवेदन खुल्यो
धितोपत्र बोर्डले खुलायो नयाँ स्टक एक्सचेन्जको आवेदन
सेबोनले फेरि खुालायो कमोडिटी एक्सचेञ्जको लाइसेन्स, दुईटाले अनुमति पाउने
यसअघि नै असोजबाट बैंकहरुले भद्र सहमति तोड्दै बजारका आधारमा ब्याजदर निर्धारण गर्ने निर्णय गरेपछि बजारमा असर पुग्दै आइहेको थियो ।
आइतबार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० वटा संख्यामा खरिद बिक्री भएका छन् ।
कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएका छन् । ब्यापार सर्वाधिक ३.२४ प्रतिशतले घट्दा जलविद्युत पनि ३ प्रतिशत बढीले घटेका छन् । विकास बैंक, फाइनान्स, अन्य, जीवन बीमा र म्युचुअल फण्डको सूचक २ प्रतिशत बढीले घटे ।
आइतबार लक्ष्मी बैंकको सर्वाधिक २ करोड १३ लाखको सेयर कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि १ करोड ९५ लाख बढीको खरिद बिक्री भएको छ । नेपाल टेलिकम, नेपाल लाइफ, रिडी पावर, नबिल बैंक, अपि पावर र हिमालयन डिष्टिलरीको ३० करोड माथि कारोबार भएको छ ।
आइतबारको बजारमा ग्लोबल आइएमई समुन्नत स्कीम–१ को ५.३५ प्रतिशतले सेयरमूल्य बढ्दा नेपाल ल्यूब आयलको ४ प्रतिशत, लक्ष्मी बैंकको ३.६६ प्रतिशतले सेयरमल्ल्य बढेको छ ।
आज बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन र दोर्दीखोला जलविद्युत कम्पनीको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । माउन्टेन हाइड्रो, युनाइटेड इदिमर्दी, दिब्यश्वरी हाइड्रोपावर, लिवर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रचरको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ ।











प्रतिक्रिया