सेयर बजार आज नखुल्ने,मंगलबार मात्र खुल्ने

0
Shares

सेयर बजार आज असोज ३ गते (सोमबार) बन्द हुनेछ ।

संविधान दिवसको अवसरमा असोज ३ गते सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो ।

हरेक सार्वजनिक बिदा झै आज पनि नेपालको सेयर बजार बन्द रहने भएको हो ।

सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । अब बजार मंगलबार मात्र सेयर बजार खुल्नेछ । सेयर बजारमा बिहान साढे दशदेखि पौने ११ बजेसम्म प्रि ओपनिङ्ग सेसन र नियमित समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुनेछ ।

आइतबार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भए । आइतबार लक्ष्मी बैंकको सर्वाधिक २ करोड १३ लाखको सेयर कारोबार भयो । ग्लोबल आइएमई समुन्नत स्कीम–१ को ५.३५ प्रतिशतले सेयरमूल्य बढ्यो भने बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।