हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लिलामी खुला भएको २ करोड ३२ लाख ४९५ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।
भदौ २० गतेदेखि बिक्री खुला भएको उक्त सेयरमा असोज ४ गते मंगलबार कार्यालय समयभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ । लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा बोलपत्र पेश गर्न सक्नेछन् ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
यस्तै ग्लोबल आइएमई बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
यसअघि कम्पनीले चार पटकसम्म लिलामी खुला गरेकोमा सेयरमूल्य अंकित मूल्य एक सयभन्दा तल झरेपछि बिक्रीम कठिनाई हुँदै आएको छ । कम्पनीले कुल ३ करोड३० ालख कित्ता संस्थापक सेयर बिक्री गर्न खोजेकोमा हालसम्म ३० प्रतिशत मात्र सेयर बिक्री भएको छ भने ७० प्रतिशत बाँकी छ । यस पटकको लिलामीमा पनि सबै सेयर बिक्री हुने देखिन्न ।
दोस्रो बजारमा कम्पनीको संस्थापक सेयर ९२.२० रुपैयाँसम्म झरेकाले पनि सो सेयरभन्दा दोस्रो बजारमा नै सस्तो पाइरहेकाले लिलामी सेयर बिक्री गर्न कठिनाई परेको हो ।
लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया