अरुण काबेली पावर कम्पनी लिमिटेड (AKPL) ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।कम्पनीले कुल १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभंश बाँड्ने प्रस्ताव गरेको छ ।
कम्पनीको असोज २ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बराबरको बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ९६ लाख ४७ हजार ९५ रुपैयाँ नगद गरी कुल १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभंश बाँड्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७७/७८ बाट कम्पनीले चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको लाभांश ७.३७ प्रतिशतले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया