नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्दै असोज २८ गते शुक्रबार ३१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे आह्वान गरिएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड ८८ लाख ११ हजार रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ करोड ८५ लाख १३ हजार ७५० रुपैयाँ पुग्नेछ ।
साथै प्रस्तावित बोनस सेयरको चुक्ता पुँजी वृद्धि गर्ने एजेण्डा समेत छलफल गरी पारित गर्नेछ । कम्पनीको अधिकृत तथा जारी पुँजी ५ करोड थप वृद्धि गरी १० करोड पु¥याउने प्रस्तावहरु पारित गर्नेछ ।
सभाले आव २०७९/८० को लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने, आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आय विवरण जस्ता वित्तीय विवरणमाथी छलफल गरी पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म सेयरधनी दर्ता किता बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज मिति अनुसार असोज १३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हरने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
अघिल्लो आव २०७७।७८ बाट कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवको लाभांश ५ प्रतिशत कम हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया