अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको भएपनि नेपालको स्तानीय बजारमा भने अघिल्लो दिनको तुलनामा सुन चाँदी दुबैको भाउ महङ्गिएको छ ।
सुनको भाउ बुधबारको तुलनामा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १० डलरले घटेर बिहीबार १६६१ डलरमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी पनि भने बुधबारको तुलनामा बिहीबार स्थीर रहँदै प्रतिऔंस १९.३८ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १० डलरले घटेर सुनको कारोबार भएपनि नेपनलो स्थानीय बजारमा भने बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको भाउ स्थीर भएपनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले भाउ बढाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि स्थानीय बजारमा छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ तथा तेजावी सुन ९१ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार १८५ रूपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्य ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ३०० रूपैयाँ तथा तेजावी सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी बुधबार १० रुपैयाँले घटेर तोलाको १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६१ डलर तथा चाँदी प्रतिऔंस १९.३६ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
त्यसैगरी आज डलरको मूल्य ०.३७ सेन्टले बढेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १२८ रूपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको बिक्रीदर १२७ रूपैयाँ ९१ पैसा थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।











प्रतिक्रिया