अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र शुक्रबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तको आईपीओ सहित कुल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । संस्थापकहरुको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई जारी गरेको ९ लाख ७५ हजार कित्ता सेयर गरी कुल २५ लाख कित्ता सूचीकृत भएको हो ।
लघुवित्तको सेयरलाई नेप्सेले एभिआईवाईएएन (AVIYAN) कारोबार संकेत प्रदान गरेको छ । यससँगै असाेज ९ गते आइतबारदेखि लघुवित्तको सेयर सोहि कारोबार संकेतमा खुला हुनेछ ।
सेयर सूचीकृत भएसँगै नेप्सेले कारोबार रेञ्ज समेत तोकेको छ । नेप्सेले लघुवित्तको सेयरलाई न्युनतम १०५.३६ रुपैयाँ देखि ३१६.०८ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेन्ज प्रदान गरेको छ ।
नेप्सेले सम्बन्धीत कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थलाई आधार मानेर न्यूनतम र नेटवर्थको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । त्यस अनुसार आइतबारको प्रि–ओपनिङ्गमा अर्डर म्याचिङ्ग सम्भव भए लघुवित्तको सेयर आइतबारदेखि नै दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । सो सम्भव नभए जुन दिन स्पेशल प्रि–ओपनिङ्गमा म्याचिङ्ग कारोबार सम्भव हुन्छ सोही दिनदेखि नियमित कारोबारमा आउनेछ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको सेयर ९१ हजार ३७५ जनाले गोलाप्रथाबाट लघुवित्तको सेयर १०–१० कित्ताका दरले पाएका थिए ।
लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो । कुल १९ लाख ८० हजार ९७० जना आवेदकहरूमध्येबाट गोलाप्रथाद्वारा ९१ हजार ३७५ जनाले मात्र गोलाप्रथाबाट लघुवित्तको सेयर १०–१० कित्ताका दरले पाएका थिए । साउन ३० गते सोमबार गोलाप्रथाबाट बाँडफाँड भएको उक्त आईपीओ भदौ २१ गते मंगलबार सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको थियो ।
गत आर्थिक वर्ष २०७८–७९ मा लिमिटेडले ३७.४२ प्रतिशतले खुद नाफा बढाउँदै १ करोड १० लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ७.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.५६ रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १ करोड ९१ लाख ४६ हजार रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया