हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारण सभा होटल एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे बोलाइएको छ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव समेत रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया