आँधिखोला लघुवित्तको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित

0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्थाको शुक्रबार सम्पन्न भएको विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने–गाभिने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले स्याङ्जाको वालिङ स्थित होटल गाँउवेशीको सभाहलमा विशेष साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सिवाईसी लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो, लेखापरीक्षक नियुक्त गर्ने, मर्जरसम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

शुक्रबार नै सम्पन्न भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभाले पनि आँधिखोला लघुवित्त वित्तीय संस्थासँग गाभ्ने र गाभिने विशेष प्रस्तावलाई पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।