वैदेशिक ब्यापारः ८१% देशसँग नेपालको ब्यापार घाटा, डेनमार्कसँग सबैभन्दा धेरै नाफा

0
Shares

नेपालले चालु आर्थिक वर्षको २ महिना अवधिमा ११७ देशसँग वैदेशिक ब्यापार गरेको छ । कुल ११७ देशमध्ये समीक्षा अवधिमा ९५ देशसँगैका ब्यापार घाटा (देश भित्रने रकमभन्दा बाहिरने रकम बढी) अर्थात उच्च आयात छ भने २१ वटा देशसँग ब्यापार नाफा (देश भित्रने रकमभन्दा बाहिरने रकम कम) अर्थात सो देशहरुमा उच्च निर्यात रहेको भन्सार विभागको तथ्याङ्क छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । यस अवधिमा नेपालले भारतसँग कुल १ खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ ब्यापार घाटा ब्यहोरेको छ । दुई महिनामा भारतबाट नेपालमा कुल १ खर्ब ६९ अर्ब ६५ करोड मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यस आधारमा हेर्दा नेपालमा भारतमा बिक्री हुने मालवस्तुको तुलनामा नेपालमा खरिद हुने वस्तुको अनुपात १ः८५५ रहेको छ । यसको मतलब नेपालले निर्यात गर्ने वस्तुभन्दा ८.५५ गुणा बढी बढी वस्तु आयात हुने गरेको छ ।

यस्तै दोस्रो ठूलो ब्यापार घाटा रहेको चीनसँग ३ अर्ब ७० करोड ब्यापार घाटा छ । साउन र भदौमा कुल ३ अर्ब ७१ करोड मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट १२ करोड ३९ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यसैगरी इन्डोनेशियासँग ८ अर्ब ८० करोड ७३ लाख, अर्जेन्टिनासँग ६ अर्ब ८६ करोड ३३ लाख, जोडर्नसँग ४ अर्ब ४६ करोड, युनाइटेड अरब इमिरेट्स ४ अर्ब ३० करोड, बेल्जियम ४ अर्ब १२ करोड, ओमन ३ अर्ब २२ करोड, अष्ट्रेलिया २ अर्ब २९ करोड र दशौं ठूला ब्यापार घाटा रहेको भियतानमसँग १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै घाटा रहेका देश यस्ता छन् :-

Trade Balance by Countries  : First Two Months of FY 2079/80 (Rs. Thousands)
S.N. Partner Countries Imports_Value Exports_Value Trade_Balance
1 India 169651841 19835031 -149816810
2 China 37129778 123924 -37005854
3 Indonesia 8828752 21456 -8807296
4 Argentina 6863447 95 -6863352
5 Jordan 4468521 0 -4468521
6 United Arab Emirates 4369347 70356 -4298991
7 Belgium 4196488 70705 -4125782
8 Oman 3221436 281 -3221155
9 Australia 2672587 281018 -2391569
10 Viet Nam 1827178 23419 -1803759
11 Thailand 1770324 4914 -1765411
12 Malaysia 1753662 32605 -1721056
13 France 1956325 386134 -1570191
14 Bangladesh 1571386 10335 -1561051
15 Ukraine 1456317 138 -1456179

 

समीक्षा अवधिमा सबैभन्दा धेरै डेनमार्कसँग ब्यापार नाफा रहेको छ । दुई महिनामा २१ देशसँग ब्यापार नाफा रहेको डेनमार्कसँग सबैभन्दा धेरै १७ करोड ९७ लाख रुपैयाँ ब्यापार नाफा गरेको छ । सो देशमा नेपालबाट २१ करोड ३७ लाखको निर्यात हुँदा ३ करोड ४० लाख रुपैयाँ मात्र आयात भएको छ ।

दोस्रो व्यापार नाफा रहेको मुलुक कम्बोडियासँग ६ करोड २२ लाख, नर्वेसँग ५ करोड ५० लाख, अष्ट्रियासँग ४ करोड ३६ लाख, उरुग्वेसँग ४ करोड ९ लाख, बेलायतसँग ३ करोड ९१ लाख, स्वीडेन १ करोड ९१ लाख, न्यू क्यालेडोनिया १ करोड ९ लाख, स्लोभानियासँग ४५ लाख ५५ हजार र पोर्चुगलसँग ३३ लाख ६५ हजार रुपैयाँ बराबरको ब्यापार नाफा रहेको छ ।

सबैभन्दा धेरै व्यापार नाफा रहेका देश यस्ता छन् :-

Trade Balance by Countries  : First Two Months of FY 2079/80 (Rs. Thousands)
S.N. Partner Countries Imports_Value Exports_Value Trade_Balance
1 Denmark 33972 213682 179710
2 Cambodia 8764 70953 62189
3 Norway 2163 57235 55072
4 Austria 43093 86699 43606
5 Uruguay 0 40901 40901
6 United Kingdom 618376 657512 39136
7 Sweden 33530 52637 19107
8 New Caledonia 0 10887 10887
9 Slovenia 620 5175 4555
10 Portugal 4052 7417 3365
11 Iceland 3 1701 1698
12 Mauritius 113 1773 1659
13 Estonia 589 1867 1278
14 Lebanon 387 1643 1256
15 Croatia 10 929 920

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।