बिओके क्यापिटलको साधारण सभा आह्वान, लाभांश पारित गर्दै

0
Shares

बिओके क्यापिटल मार्केट लिमिटेडले कात्तिक ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ४ गते साधारण सभा डाकेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

कम्पनीको सभाले चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसअनुसार क्यापिटलले १ करोड २१ लाख ५९ हजार रुपैयाँ नगद वितरण गर्नेछ ।

यस्तै सभाबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्ने प्रस्ताव छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।