सेयर बजार दोहोरो अंकले बढ्दै गर्‍यो बडा दशैंको स्वागत

0
Shares

दसैँ अघिको अन्तिम कारोबार दिन असोज १३३ गते बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सूचक १६.२९ अंकले बढेर नेप्से १८५३.७६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले बढेर ३६३.४२ बिन्दुमा पुगेको छ ।

अघिल्लो तुलनामा कारोबार रकम १४ करोड ७० लाख रुपैयाँ बढेर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ पुगेको छ । यसदिन सूचीकृत २२३ कम्पनीका १७ लाख ९१ हजार ४८० कित्ता सेयर १४ हजार २९८ वटा संख्यामा किनबेच भएका छन् ।

कारोबारमा आएकामध्ये जीवन बीमा बाहेक सबै १२ वटै बढेको छ । जीवन बीमा ०.०६ प्रतिशतले घटेको हो । यस्तै लघुवित्त सर्वाधिक १.६५ प्रतिशतले बढ्दा लगानी १.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२४ प्रतिशत, म्युचुअल फन्ड १.२६ प्रतिशत, विकास बैंक १.१९ प्रतिशत, बैंकिङ १.०३ प्रतिशत, होटेल तथा पर्यटन ०.८८ प्रतिशत, वित्त ०.८८ प्रतिशत, जलविद्युत ०.४१ प्रतिशत, अन्य ०.२३ प्रतिशत, व्यापार ०.०८ प्रतिशत र निर्जीवन बीमा ०.२ प्रतिशतले बढेको छ ।

नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक ४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै नबिल बैंकको २ करोड ९० लाख, नेपाल टेलिकमको २ करोड ६२ लाख, रिडी पावरको २ करोड २० लाख, हिमालयन डिस्टिलरीको २ करोड ५ लाख, एनआईसी एशिया बैंक १ करोड ६३ लाख, नेपाल लाइफ इन्स्योरेन्स १ करोड ५२ लाख, नेष्डो समृद्ध लघुवित्त १ करोड २६ लाख, शिवम् सिमेन्टको १ करोड १६ लाख र सामलिङ्ग पावरको १ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको बजारमा अभियान लघुवित्तका सेयरधनीहरुले सबैभन्दा धेरै ९.९८ प्रतिशतले कमाएका छन् । कम्पनीको सेयरमूल्य ३९.८० रुपैयाँ बढेर ४३८.७० रुपैयाँ पुगेको छ । यस्तै गुराँस लघुवित्त ५.७६, समीट लघुवित्त ५.४०, नबिल ब्यालेन्स्ड फण्ड–३ ५.१७ र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.१३ प्रतिशतले बढेको छ ।

यसदिन सामलिङ्ग पावरका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.९४ प्रतिशतले घटेर ४६४ रुपैयाँमा झरेको छ । यसैगरी हिमालयन पावर पार्टनर ३.६९, पन्चकन्या माई हाइड्रोपावर ३.४९, युनाइटेड मोदी हाइड्रोपावर ३.४५ र ग्रीन डेभलपमेन्ट बैंकको ३.४५ प्रतिशतले घटेको छ ।

अब असोज २३ गते आइतबार मात्र सेयर बजार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।