नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन

0
Shares

नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आव २०७८/७९ को नाफाबाट विरण गर्ने २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २२७.३६ रुपैयाँ निर्धारण गरेको छ । हिजो बिहीबार अन्तिम पटक कम्पनीको सेयर २८४.२० रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीको सेयर अब समायोजित मूल्यलाई आधार मानेर असोज २३ गते आइतबार कारोबार खुल्नेछ । यसबीचमा बडा दशैंको विदा रहेका कारण सेयर बजार बन्द रहनेछ ।

कम्पनीले गत आवसम्मको सञ्चित नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसका लागि असोज १४ गते शुक्रबार बुकक्लोज गरिएको हो । बुकक्लोज अनुसार कम्पनीको सेयर असोज १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र पाउनेछन् । समायोजित मूल्यमा सेयर किन्ने लगानीकर्ताले भने लाभांश पाउनेछैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।