मेगा क्यापिटल समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीब्र गतिमा अगाडि बढ्दै

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले हालसम्म सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडि बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मेगा क्यापिटल २४.५० प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको छ । मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट ६८ करोड रूपैयाँको पोटफोलियो व्यवस्थापन गर्दै आएको छ ।

मेगा क्यापिटलले कर्पोरेट एडभाइजरी (संस्थागत परामर्शदाता) सेवाको रुपमा सेवाग्राही तथा आवद्ध लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थपेको छ ।

त्यस्तै गरी नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग आईपीओ र अण्डरराइटङि सम्झौता पनि भएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध ग्राउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ ।
मेगा क्यापिटल पाँच वर्ष पूरा गरि पाँचौ वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार  १४ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।