कुमारी र एनसीसी बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

0
Shares

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ ।

कुमारी र एनसीसी बैंकबीच गत असोज १० गते सोमबार बराबरी हैसियतमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो । पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुवै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो।

अब बैंकहरुले आ आफ्नो विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन्। । पुस मसान्तअघि एकिकृत कारोबार सुरु गर्ने दुबै बैंकको तयारी छ ।

चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेकाले पनि बैंकहरुले एकिकृत कारोबार पुसभित्र गर्न चाहेका छन ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन । हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने भएको छ भने कुमारीले ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी तथा कुमारीमा १९०० कर्मचारी छन्। । दुई बैंक एक भएपछि शाखा संख्या ३५५ पुग्ने छ।

कुमारी बैंकले गत आवको मुनाफाबाट बोनस सेयर वितरण नगर्ने भएको छ । बैंकले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार  २० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।