
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती (एक्वायर) गर्ने भएको छ ।
चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएपछि नेप्सेले असोज २३ गते देखि आइतबारदेखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । यसबीचमा बडा दशैंको सार्वजनिक विदा रहेका कारण सेयर बजार बन्द नै रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया