आदर्श लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक्वायर गर्ने भएपछि नेप्सेले असोज २३ गते आइतबारदेखि आदर्शको सेयर कारोबार रोक्का गरेको हो ।

प्राप्ती सम्झौता भएकाले डिप्रोक्सको सेयर कारोबार भने सुचारु नै रहनेछ । दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्राप्ति सम्बन्धी समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

आदर्श लघुवित्तको नेप्सेमा पहिलो पटक साउन ६ गते शुक्रबारदेखि सेयर कारोबारमा आएको थियो । सो दिन २५६.८० रुपैयाँमा पहिलो कारोबार भएको लघुवित्तको सेयर अन्तिम पटक असोज ९ गते आइतबारसम्ममा ६१.९० बढेर अन्तिम पटक ३१८.७० रुपैयाँमा कारोबार भएको थियो । यसबीचमा कम्पनीको सेयर कुल १६ कारोबार दिनमा कुल १९२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

लघुवित्तले असार १ देखि ५ गतेसम्म कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये ०.५० प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता सेयर ६ हजार २६१ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले ६२ हजार ६१० कित्ता सेयर बाँडफाँड गरिएको हो । सो मध्ये पाँच जनालाई थप १ कित्ता गरी ११ कित्ताका दरले असार १३ गते बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।