चार उत्पादनमूलक सहित ३४ कम्पनी आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

0
Shares

चार उत्पादनमूलक कम्पनीहरु सहित कुल ३४ वटा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरुले सर्वसाधारणमा सेयर जारी गर्ने भएका छन् ।

ती कम्पनीहरूले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड  (सेबोन) समक्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न आवेदन दिएका हुन् ।

सेबोनका अनुसार कुल ३४ कम्पनीले १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७८५ रुपैयाँ मूल्यको ८ करोड १८ लाख २५ हजार ४८१ कित्ता सेयर बिक्रीका लागि विभिन्न मितिमा सेयर निष्कासनका लागि अनुमति मागेका हुन् । सेबोनको पाइपलाइनमा सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड आयल र घोराही सिमेन्ट उद्योग सहितका चार प्रत्यक्ष उत्पादनमूलक उद्योगहरु समेत रहेका छन् ।

ती वास्तविक क्षेत्रका उद्योगहरुले बुक विल्डिङ विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएका हुन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ ।

आवेदन दिएका ३४ कम्पनीमध्ये २० वटा जलविद्युत् क्षेत्रका कम्पनी छन् । बीमा र होटल एन्ड टुरिजमका २-२ वटा, लघुवित्त २ वटा, अन्यका ३ वटा, उत्पादन तथा प्रशोधनका ४ वटा र एउटा इन्भेष्टमेन्ट कम्पनी छ  ।

असोज १२ गते बुधबारसम्म सेयर निष्काशनका लागि आवेदन दिएका यी हुन्  ३४ कम्पनीहरुः–

क्र.सं. कम्पनी कित्ता कुल मूल्य
घोराही सिमेन्ट ७९ लाख ४३ हजार ८०१ कित्ता ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ
रिलायबल लाइफ इन्स्योरेन्स ६० लाख कित्ता १ अर्ब २७ करोड २० लाख रुपैयाँ
सोनापुर मिनरल्स १ करोड २३ लाख कित्ता १ अर्ब २३ करोड रुपैयाँ
सर्वोत्तम सिमेन्ट २४ लाख कित्ता प्रतिसेयर ५०१ देखि ७५१.५० रूपैयाँ बीचमा जारी हुने (बुकबिल्डिङ)
रिलायन्स स्पिनिङ मिल्स ७ लाख ७० हजार ६४० कित्ता प्रतिसेयर ६०८ देखि ९१२ रूपैयाँ बीचमा जारी हुने (बुकबिल्डिङ)
सानिमा मिडिल तमोर ८३ लाख ३१ हजार २५० कित्ता ८३ करोड ३१ लाख २५ हजार  रुपैयाँ
मोदी इनर्जी ७२ लाख ५० हजार कित्ता ७२ करोड ५० लाख रुपैयाँ
आईएमई लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड रुपैयाँ
सगरमाथा जलविद्युत् कम्पनी ५४ लाख ८८ हजार कित्ता ५४ करोड ८८ लाख रुपैयाँ
१० मैलुङ हाइड्रोपावर ३५ लाख ३१ हजार कित्ता ३५ करोड ३१ लाख रुपैयाँ
११ सुपर मादी हाइड्रोपावर ३१ लाख ५० हजार कित्ता ३१ करोड ५० लाख   रुपैयाँ
१२ माया खोला जलविद्युत् ३४ लाख कित्ता ३४ करोड रुपैयाँ
१३ डिस मिडिया नेटवर्क २३ लाख ८५ हजार ९२९ कित्ता २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ
१४ मकर जितुमाया सुरी जलविद्युत् २२ लाख ८० हजार कित्ता २२ करोड ८० लाख रुपैयाँ
१५ माईखोला हाइड्रोपावर १९ लाख २१ हजार कित्ता १९ करोड २१ लाख रुपैयाँ
१६ इनवा हाइड्रोपावर १८ लाख कित्ता १८ करोड रुपैयाँ
१७ सिटी होटल १६ लाख ७४ हजार कित्ता १६ करोड ७४ लाख रुपैयाँ
१८ भूगोल इनर्जी डेभलपमेन्ट १६ लाख ३२ हजार १६० कित्ता १६ करोड ३२ लाख १६ हजार  रुपैयाँ
१९ मेन्चियाम हाइड्रोपावर १६ लाख २७ हजार ७५० कित्ता १६ करोड २७ लाख ७५ हजार रुपैयाँ
२० डोल्टी पावर कम्पनी १६ लाख ९ हजार कित्ता १६ करोड ९ लाख रुपैयाँ
२१ हाथवे इन्भेस्टमेन्ट २९ लाख २५ हजार कित्ता १४ करोड ६२ लाख ५० हजार रुपैयाँ
२२ थ्री स्टार हाइड्रोपावर १२ लाख ३१ हजार २५० कित्ता १२ करोड ३१ लाख २५ हजार रुपैयाँ
२३ कालिञ्चोक दर्शन १२ लाख कित्ता १२ करोड रुपैयाँ
२४ एशियन हाइड्रोपावर ११ लाख ८० हजार कित्ता ११ करोड ८० लाख रुपैयाँ
२५ ट्रेड टावर ११ लाख ५८ हजार ९८० कित्ता ११ करोड ५८ लाख ९८ हजार  रुपैयाँ
२६ सुपरमाई हाइड्रोपावर १० लाख कित्ता १० करोड रुपैयाँ
२७ अपर साङ्गे हाइड्रोपावर ८ लाख ७० हजार कित्ता ८ करोड ७० लाख रुपैयाँ
२८ रावा इनर्जी डेभलपमेन्ट ८ लाख ४० हजार कित्ता ८ करोड ४० लाख   रुपैयाँ
२९ बाराही हाइड्रोपावर ७ लाख कित्ता ७ करोड रुपैयाँ
३० शुभम् पावर ५ लाख ८० हजार ५८० कित्ता ५ करोड ८० लाख ५८ हजार  रुपैयाँ
३१ मुक्तिनाथ कृषि कम्पनी ४ लाख कित्ता ४ करोड रुपैयाँ
३२ कुथेली बुखारी साना जलविद्युत् २ लाख ४३ हजार ७३५ कित्ता २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ
३३ आत्मनिर्भर लघुवित्त २ लाख ३ हजार ३८० कित्ता २ करोड ३ लाख ३८ हजार रुपैयाँ
३४ बीपीडब्लू लघुवित्त ९७ हजार कित्ता ९७ लाख रुपैयाँ

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।