वित्तीय संकटबारे अनुसन्धान गर्ने तीन अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

0
Shares

सन् २०२२ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कारबाट ३ जना अर्थशास्त्री सम्मानित हुने भएका छन् ।

“बैंक र वित्तीय संकट” शीर्षकमा अनुसन्धान गरी वित्तीय संकटको समयमा बैंकहरुको भूमिका कस्तो रहन्छ, बैंकहरु कोल्याप्स हुँदा अर्थतन्त्रमा कस्तो असर पर्न जान्छ र किन बैंकहरुलाई कोल्याप्स हुनबाट बचाउनु पर्छ भन्ने अनुसन्धानमा संलग्न तीन अर्थशास्त्रीलाई रोयल स्वीडिस एकाडेमी अफ साइन्सले अर्थशास्त्र तर्फ बेन एस र्बनान्क, डुगल्स डब्लु डायमन्ड, फिलिप एच डिबिगलाई नोबेल पुरस्कारले सम्मानित गर्ने भएको हो ।

अहिलेको समयमा बैंकिङ क्षेत्रमा भएका आधुनिक अनुसन्धानले बैंकहरु किन आवश्यक छन्, संकटको समयमा बैंकहरुलाई कसरी बचाउन सकिन्छ र बैंक कोल्याप्स हुँदा वित्तिय संकट किन बढ्छ भन्ने प्रश्नहरुलाई स्पष्ट पारिसकेको छ । तर ती अनुसन्धानको जग बसाल्ने काम बेन एस र्बनान्क, डुगल्स डब्लु डायमन्ड, फिलिप एच डिबिगले सन् १९८० मा गरेका थिए । सन् १९८० मा यी तीन अर्थशास्त्रीहरुले गरेको विश्लेषणले वित्तीय बजार नियमन गर्न र वित्तीय संकटको सामना गर्न ठूलो मदत पुर्‍याएको छ ।

नोबेल पुरष्कारबाट सम्मानित भएका बेन एस र्बनान्क अर्थशास्त्र अध्ययनमा दी बु्रकिन्स इन्स्टीच्युसनका विशिष्ट सिनियर फेल्लो हुन् भने डुगल्स डब्लु डायमन्ड सिकागो विश्वविद्यालयका विशिष्ट फाइनान्स फ्रोफेसर रहेका छन् । यसैगरी फिलिप एच डिबिग वासिङटन विश्वविद्यालयका विशिष्ट बैंकिङ्ग तथा फाइनान्स प्रोफेसर रहेका छन् ।

नोबेल पुरष्कारबाट सम्मानित भएका अर्थशास्त्रीहरुलाई १० मिलियन स्वीडिस क्रोनोर (८ लाख ८४ हजार ७ सय ५३ डलर) ले पुरष्कृत गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।