गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

गत आवको नाफाबाट प्रस्तावित ७.४४२५ प्रतिशत बोनसको असोज २६ गते बुधबार बुकक्लोज भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस समायोजन गरी नयाँ समायोजित मूल्य निर्धारण गरेको छ ।

बोनसपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१.४० रुपैयाँ तोकिएको छ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको बोनस सेयर समायोजन गरी नयाँ भाउ तोकेको हो । मंगलबार कम्पनीको सेयर ४८५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश पारित गर्न इन्स्योरेन्स कम्पनीले कार्तिक ४ गते प्रधान कार्यलयमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले लाभांश अनुमोदन र युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान स्वीकृति प्रदान गर्ने तथा तथा मर्जर सम्बन्धमा भएका काम कारवाहीको स्वीकृति तथा थप कायम गर्न आवश्यक अख्तियारी दिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।