सुनचाँदीको भाउमा झिनो गिरावट, शुक्रबार कति तोकियो मूल्य ?

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २८ गते शुक्रबार सुनको भाउ १०० रुपैयाँले घट्दा चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार सुनको भाउ स्थीर रहँदै प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६७ डलर तथा चाँदी प्रतिऔंस १९ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।