सान्जेन जलविद्युतको आइपीओ भर्ने पनि आजै अन्तिम दिन

0
Shares

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले स्थानीयलाई निष्कासान गरेको साढे ३६ करोडको आईपीओमा आवदेन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ५ गतेदेखि रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको छ ।

कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बासिन्दाहरुका लागि १० प्रतिशत सेयर छुट्याइएको छ ।

आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनसमति स्वीकृतिप्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि माग गर्न सकिनेछ । कम्पनीले सर्वसाधारणलाई भने यसअघि नै आईपीओ निष्काशन गरिसकेको छ ।

यस विवरणपत्र अनुसार अग्रिम १० प्रतिशत रकम संकलनका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४६ ९क० को उपनियम ४ तथा जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा भएको व्यवस्था अनुरुप आह्वान गरीएकोमा नेपाल धितोपत्र बोर्डले नेपाल सरकारबाट लागू “जनताको जलविद्युत कार्यक्रम” अन्तर्गतका संगठीत संस्थानहरुले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ को उपनियम (७) बमोजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी छुट प्रदान गरेकोले यस साधारण सेयर निष्काशनका लागि क्रेडिट रेटिङ्ग नगरिएको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणलाई भन्दा स्थानीय बासिन्दाका लागि सेयर जारी हुने गरेकोमा भुकम्प र अन्य कारणले रसुवाली बासिन्दाहरुको आर्थिक अवस्था कमजोर भएकाले स्थानीयमा आरक्षित सेयर ढिला बिक्री खुला गर्न सरोकारवालाले मा गरेपछि सोही अनुसार सेयर जारी गर्ने काम रोकिएको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।