एनआईसी एशिया म्युचुअल फण्डको तीन योजनाको प्रतिफल घोषणा

0
Shares

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया म्युचुअल फण्डद्धारा सञ्चालित तीन सामुहिक लगानी कोष योजनाहरुको प्रतिफल (नगद लाभांश) घोषणा भएको छ ।

फण्ड व्यवस्थापकको असोज २८ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ का लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।

प्रस्तावित लाभांश अनुसार एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्डका इकाईधनीलाई समान १३-१३ प्रतिशतका दरले र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीलाई ६ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरिएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १३ प्रतिशतले हुन आउने १० करोड ८५ लाख ७६ हजार रुपैयाँ, एनआईसी एशिया व्यालेन्सड् फण्डले १३ प्रतिशतले हुन आउने कर सहित ९ करोड ८१ लख ५० हजार रुपैयाँ र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ९ प्रतिशतले हुन आउने नगद वितरण गर्नेछ ।

यस्तै बैठकले प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब बन्द मिति ( बुकक्लोज) समेत तोकेको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया व्यालेन्स्ड फण्डले कार्तिक १५ गते मंगलबार एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज अनुसार कार्तिक १४ गते सोमबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम हुने इकाईधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट एनआईसी एशिया ग्रोथ फण्डले र एनआईसी एशिया व्यालेन्सड् फण्डले समान ३०-३० प्रतिशतका दरले इकाईधनीलाई प्रतिफल वितरण गरेको थियो । अघिल्लो आवका तुलनामा दुबै योजनाले१७ प्रतिशत कम प्रतिफल वितरण गरेका हुन् ।

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।