सयपत्री हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार अधिकतम कारोबार रेञ्जमा खुला भएको छ । आइतबार स्पेशल प्रि–ओपनिङ्ग सेसनमामा अर्डर म्याचिङ्ग हुन नसकेपछि असोज ३१ गते सोमबार माध कम्पनीको सेयर कारोबारमा आएको हो ।
कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता १९४ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो । पहिलो कारोबारका लागि कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
कम्पनीले कुल ३० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ३ लाख कित्ता, सर्वसाधारण सेयरधनीहरुलाई ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता सेयर सूचीकृत गरेको थियो ।
सोमबार प्रि–ओपनिङ्ग सेसनमा नेप्से ०.६१ अंकले बढेर १८६१.५५ बिन्दुमा पुगेको छ । यस अवधिमा २५७ कित्ता सेयर ९९ हजार ८१३ कित्ता सेयर खरिद बिक्री भएको छ । अभियन लघुवित्त र स्टाण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य २ प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया