असोज ३१ गते सोमबार सेयर कारोबार रकम घटेर ५१ करोड रुपैयाँमा खुम्चिएको छ । सेयर बजारमा मन्दी छाउँदा सूचकसँगै दैनिक कारोबार रकम समेत घटेर ४५० करोडमा खुम्चिएको हो ।
सोमबार २१९ वटा कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९९० रूपैयाँ बराबरको कारोबार भयो । १३ हजार ६०९ वटा संख्यामा भएको कारोबारमा १६ लाख ३१ हजार ३४९ कित्ता सेयर खरिद बिक्री भए । आज नेप्से ०.१४ प्रतिशत अर्थात २.६१ अंकले घटेर १८५८.३३ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ ०.२० अंकले बढेर ३६५.६२ बिन्दुमा उक्लेको छ ।

परिसूचकमा घटेपनि आज दुई कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ९.९९ प्रतिशत (७३.४० रुपैयाँ) ले बढेर ८०८ रूपैयाँ पुगेको छ । यस्तै सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य ९.९६ प्रतिशत (१९.४० रुपैयाँ) ले बढेर २१४ रूपैयाँ २० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज पिपुल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । अघिल्लो दिन दश प्रतिशतले सेयरमूल्य घटेको कम्पनीको सेयर दोस्रो दिन पनि ९.९७ प्रतिशत (२५.५० रुपैयाँ) ले घटेर २३० रूपैयाँ २० पैसामा झरेको छ ।
सोमबार कारोबार भएका कूल १३ उपसमूहगत सूचकमध्ये ७ वटा घटेको छ भने ६ वटा बढेको छ । बैंकिङ्ग, ब्यापार, होटल तथा टुरिजम्, निर्जीवन बीमा कम्पनी, अन्य र म्युचुअल फण्ड बढे भने विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रशोधनमुलक, लघुवित्त, जीवन बीमा र लगानी ऋणात्मक रहे ।
यस दिन नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख १९ हजार रूपैयाँ बराबरको ३५ हजार ६६ कित्ता सेयर कारोबार भएको हो । यस्तै प्रभु बैंक २ करोड ६१ लाख, रिडी पावर २ करोड २७ लाख, हिमालयन डिष्टिलरी १ करोड ८१ लाख र प्राइम बैंकको १ करोड ६२ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया