ट्रेजरी बिल्सको न्यूनतम डिस्काउन्ट रेट नै १०% माथि, औसतमा भने घट्यो

0
Shares

सरकारले आन्तरिक ऋणको सावा भुक्तानी नगर्ने भएपनि सोमबार नविकरण गरेको ट्रेजरी बिल्सको न्यूनतम डिस्काउन्ट रेट नै १० प्रतिशत भन्दा माथि पुगेको छ । बैंकिङ प्रणालीको ब्याजदर बढेपछि बैंक वित्तीय संस्थाले ट्रेजरीमा लगानी गर्दा पाउने डिस्काउन्ट रेट पनि बढेको हो ।

सरकारले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बरावरको २८, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्सको नविकरण गरेको हो । यसरी नविकरण गर्दा २८ दिने ट्रेजरी बिल्सको बाहेक सबैको डिस्काउन्ट रेट दोहोरो अंकमा रहेको छ ।

सोमबार नविकरण गरेको २८ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम ८.५५०१ र अधिकतम ८.९९९४ प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । सोमबार नविकरण भएको २८ दिने ट्रेजरी बिल्सको औसत डिसकाउन्ट रेट ८.६१५९ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी ९१ दिने ट्रेजरी बिल्का लागि बैंक वित्तीय संस्थाले न्यूनतम ९.९६६३ र अधिकतम ११.४४९० प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । सोमबार नविकरण भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिसकाउन्ट रेट १०.७१८९ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सोमबार नबिकरण भएको १८२ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम ९.८००० र अधिकतम ११.७४५१ प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । ९१ दिने ट्रेजरी बिल्सको औसत डिसकाउन्ट रेट १०.८४७० प्रतिशत कायम भएको छ ।

त्यसैगरी सोमबार ३६४ दिने ट्रेजरीका लागि बैक वित्तीय संस्थाले थोरै १० र धेरै ११.७७०१ प्रतिशत डिस्काउन्ट रेट माग गरेको राष्ट्र बैंकले जनाएको छ । त्यसमा ३६४ दिने टे«जरीको औसत डिस्काउन्ट रेट १०.७६६३ प्रतिशत कायम भएको छ ।

सोमबार २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको भएपनि अन्य ९१, १८२ र ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट यसभन्दा अघिको तुलनामा धेरै हो । यसअघि असोज २६ गते नविकरण भएको २८, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट क्रम्स ९.५४७९, १०.१४२०, १०.०६९९ र १०.०५५७ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।