एनआईसी एशिया बैंकको सञ्चालकमा केशव प्रसाद लम्साल नियूक्त भएका छन् ।
बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहको सेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सो समूहबाट लम्साललाई नियुक्त गरेको जनाएको हो ।
विसं २०७८ चैत २० गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समुहबाट अग्रवाल ४ वर्षको लागि नियुक्त भएका थिए । उनले कार्तिक १ मा व्यक्तिगत कारण दर्शाइ सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
सञ्चालक समितिको बुधबार सम्पन्न ५७१ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । सोहि बैठकले निवर्तमान सञ्चालक निकुञ्ज अग्रवालको पदावधिको बाँकी अवधिको लागि सर्वसाधारण सेयरधनी समुहबाट लम्साललाई नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक लम्साल बसौटी वडा नम्बर ६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर वडा नम्बर ३१, काठमाडौं बस्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया